बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ लिएर आए रवि लामिछाने 

मंगलबार, असार ७ २०७९

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने घोषणा गरेका छन् ।

आफ्नो राजनीतिक यात्राबारे जानकारी दिन आयोजना गरेको घोषणा सभामा उनले नयाँ पार्टीको नाम घोषणा गरेका हुन् ।

यतिबेला राष्ट्रिय सभागृहमा लामिछानेका समर्थकहरू बाक्लो संख्यामा भेला भएका छन् ।

घोषणा सभामा उनले भने ‘म आमनागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान मान्छेहरुको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको छु,’ । साथै उनले नयाँ पार्टीमा युवा सहभागिता रहने समेत बताए ।

उनले आफू कुनै व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको बताए । 

‘म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ । यहाँ रहेका विकृति विसंगति बदल्ने प्रयास गर्नेछु,’ उनले भने, ‘आफूलाई पहिलेदेखि नै धेरैले राजनीतिमा आउन अभिप्रेरित गरे पनि बल्ल आफू आएको छु ।’

उनले पहिलेका दलका नेता र आफू उस्तै उस्तै देखिने गरे पनि नझुक्किन आग्रह गरे । लामिछानेले अब कुनै नेतासँग ठूला कुरा नगर्ने, नझर्कने पनि बताए ।

साथै यो पार्टीको भिजनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा रहने बताए ।