बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आज कति छ सुनचाँदीको मूल्य ?

मंगलबार, असार ७ २०७९

काठमाडौं । सुनचाँदीको मूल्य म‌ंगलबार स्थिर रहेको छ । सोमबारकै मूल्यमा आज पनि सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार सोमबार तोलामा २०० ले वृद्धि भई सुन ९७ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । सोही मूल्यमा म‌ंगलबार कारोबार भइरहेको हो । तेजावी सुनको भाउ ९७ हजार २०० रुपैयाँ रहेको छ ।

आज चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८३८ र चाँदी प्रतिऔंस २१.६७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।