काठमाडौं । सञ्चारकर्मी हरिशरण लामिछाने आगामी संघीय संसदमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्यसका लागि हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सन्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निवार्चन क्षेत्र कायम गरिनेछ । मेरो हकमा काठमाडौं-३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउँदछु,’ हरिशरणले घोषणा गरेका छन्, ‘सम्भवत: काठमाडौं- १ मा पुकार बम, ५ मा रन्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्नु हुनेछ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
दशकौं लामो सक्रिय सञ्चारकर्म छाड्ने घोषणा गरेका उनले परिवर्तन सम्भव छ भन्दै स्वतन्त्र सेनानीको भूमिका निर्वाह गर्न इच्छुक रहेको बताएका छन् ।
काठमाडौं बाहेक अन्यत्र पनि उम्मेदवार घोषणा गर्ने लामिछानेले जनाएका छन् ।

उनका भाइ रवि लामिछाने पनि संघीय संसदको निर्वाचनमा उठ्ने भएका छन् । टेलिभिजन प्रस्तोता छाडेका रवि लामिछाने सम्भवत ७ असारमा राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्नेछन् । तर, उनले कुन स्थानबाट निर्वाचन लड्ने, त्यो भने अझै खुलाएका छैनन् । सम्भवत: मंगलबारको कार्यक्रमार्फत उनले सो घोषणा गर्नेछन् ।