बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

लगातार तेस्रो जित हात पार्दै नेपाल एसीसी महिला टी-२० को सेमिफाइनल प्रवेश

सोमबार, असार ६ २०७९

काठमाडौं । एसीसी महिला टी- २० च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनलाई ८ विकेटल‍े पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको बहराइनले ७ ओभरमा घटाइएको खेलमा नेपाललाई १५ रनको लक्ष्य दिएको थियो ।

मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि सीता राना मगरले ४ रन जोड्दा कविता कुँवरले अविजित ३ रन बनाइन् । इन्दु वर्मा शून्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री शून्य रनमै अविजित रहिन् ।

बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन मात्र बनाएको थियो ।

वर्षाको कारण खेल ७ ओभरमा सीमित गरिएको थियो ।

बहराइनकी इशारा सुहुनले ६ रन जोडिन भो कप्तान दिपिका रासंगिका र थरंगाले २/२ रन बनाएका थिए ।

नेपालकी कविता कुँवर र सबनम राईले २/२ विकेट लिए । अश्मिना कर्माचार्यले १ विकेट लिइन् ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । 

नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।