बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एसपीपी सम्झौता हुन लागेको भनेर झुटो प्रचार भइरहेको छ : प्रचण्ड

बिहिबार, असार २ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) हुन लागेको भनेर झुटो प्रचार भइरहेको बताएका छन्। 

बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा २१औँ रितवहादुर खड्का स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको र त्यो कुनै पनि हालतमा नहुने दाबी गरे । 

अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ। हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दैछन्’,उनले भने त्यो बिल्कुल झुटो हो। गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ।’

प्रचण्डले गठबन्धन सरकार एसपीपी जस्तो सैन्य सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता जनाए ।

प्रचण्डले एसपीपीको कार्यन्व्यन गर्ने काम गर्ने २०१९ मा केपी ओली सरकारले गरेको आरोप लगाए ।