बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्छ : गगन थापा

बुधबार, असार १ २०७९

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे तत्काल संसदलाई जानकारी गराउन प्रधानमन्त्रीसँग माग गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेसहितका सांसदहरुले अमेरिकी सो प्रोग्रामबारे गम्भिर प्रश्न उठाईरहेका बेला सत्तारुढ दल काँग्रेसका महामन्त्री थापाले तत्काल संसदमा उभिएर त्यसको जवाफ दिन रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै थापाले एसपीपी प्रोग्राम अघिल्लो सरकारले अघि बढाएको भन्ने कुरा समेत आईरहेको उल्लेख गर्दै त्यसबारे सत्य कुरा के हो ? सरकारले तत्काल संसदमा जानकारी गराउनुपर्ने बताए । उनले पूर्ववर्ती रक्षामन्त्रीहरुले अगाडि बढाएको हो कि भन्ने आशंका पनि व्यक्त गरे ।

थापाले नेपाली सेनाको प्रवक्ताले भने सो प्रोग्रामबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएको उल्लेख गर्दै सत्य के हो ? संसदले जानकारी पाउनुपर्ने बताए ।