बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जिसस मोरङको प्रमुख, उपप्रमुखसहित एमालेको प्यानल नै विजयी

बुधबार, असार १ २०७९

विराटनगर  । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा  नेकपा (एमाले) का अजम्बर राई विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भइन् ।

सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थारू, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी भएका छन् ।