बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पहिलो दिन नै गयो नेप्सेमा पहिरो, सबै सुचकहरु रातै

सोमबार, जेष्ठ ३० २०७९

काठमाडौँ – साताको पहिलो कारोबार दिन आज सोमबार नैं नेप्सेमा पहिरो गएको छ । नेप्से आज १५ दशमलव ८२ अंकले घटेर दुई हजार ३२ दशमलव ३४ अंकमा झरेकोमा सेन्सिटिभ पनि दुई दशमलव तीन अंकले घटेर तीन सय ८९ दशमलव ९५ अंकमा सिमित भएको छ ।

आज दुई सय ३० वटा कम्पनीहरुको २० हजार सात सय ७४ पटकको कारोबारमा २९ लाख २० हजार सात सय पाँच कित्ता सेयर किन बेच भएका छन् भने कुल सेयर कारोबार रकम ९९ करोड ८६ लाख ७४ हजार दुई सय ६२ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समुहको सुचक ११ दशमलव दुई अंकले घटेर १३ सय ९७ दशमलव ११ अंकमा पुगेको छ भने जलविद्युत समुहको सुचक पनि पाँच दशमलव २२ अंकले घटेर २४ सय चार दशमलव ५७ अंकले अंकमा पुगेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि एक सय दुई दशमलव १९ अंकले घटेर आठ हजार चार सय आठ दशमलव ८४ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ४० दशमलव ८४ अंकले घटेर नौं हजार छ सय ३८ दशमलव ४७ अंकमा पुगेको छ ।

यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि आज उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बलेफी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा मानुषी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सानिमा बैंक परेको छ ।