बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

संसदमा झपड रावलको चेतावनी: मन्त्रीको मुख च्यात्न नपरोस् 

सोमबार, जेष्ठ ३० २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद झपटबहादुर रावलले संसद भित्रै सरकारका मन्त्रीहरुको भण्डाफोर गर्ने चेतावनी दिएका छन् ।

प्रतिपक्षका सांसदहरुले आफ्नो लेटरप्याडमा लिएर गएको माग पत्र केही मन्त्रीहरुले विपक्षको हो भनेर च्यातेको खवर आफूले पाएको उल्लेख गर्दै सांसद रावलले त्यस्ता मन्त्रीहरुको आफूले संसदमै भण्डाफोर गर्ने बताए ।

प्रतिपक्षी सांसदहरूले जनताको माग समेटेर लेटरप्याडमा मन्त्रालयमा पेस गरिएको, तर प्रतिपक्षीको भन्दै च्यातेर फ्यालेको आरोप लगाउँदै उनले ती मन्त्रीबारे सदनमै भण्डाफोर गर्ने बताएका हुन् ।

सांसद रावलले जनताको माग लिएर मन्त्रालयमा पेस गरेको लेटेरप्याड च्यात्ने मन्त्रीको मुख च्यात्न नपरोस् भन्दै चेतावनी समेत दिए । 

सोमबार प्रतिनिधिसभा बैठकमा किसानलाई रासायनिक मल र त्यसको भण्डारणको व्यवस्था गर्न पार्टी संसदीय दलको तर्फबाट प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै सांसद रावलले किसान मलको अभावमा छटपटाईरहेका बेला विदेश भ्रमणमा भएको भन्दै कृषिमन्त्री महिन्द्रराय यादवप्रति खेद समेत व्यक्त गरे  ।
 
सांसद रावलले एक वर्ष बितिसक्दा पनि कुम्भकर्णे निन्द्रामा रहेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरे ।