काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादीका नेताहरूले जानकारी दिएका छन् ।
सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका लोसपाका नेताहरुसँग प्रधानमन्त्री देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएका हुन् ।
लोसपा नेता शरदसिंह भण्डारीका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर यसअघि आफूहरुले बुझाएको ११ बुँदे मागसहितको ज्ञापनपत्रका विषय ध्यानाकर्षण गराएको र प्रधानमन्त्रीलबजेटलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएका हुन् ।
तत्काल नागरिकताको समस्या समाधान गर्न गरेको आफूहरुको आग्रहलाई स्वीकार्दै प्रधानमन्त्री देउवाले नागरिकता विधेयक ल्याइहाल्ने बताएो भण्डारीले जानकारी दिए ।
साथै जेल जीवन बिताइरहेका आफ्ना नेता रेशम चौधरीलाई कारागारमुक्त गराउन पनि उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
तराई मधेश संयुक्त बजेट कटौतीको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता भण्डारीले बताए ।