बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज बढ्यो सुनको मूल्य 

आइतबार, जेष्ठ २९ २०७९

काठमाडौं । सुनको मूल्य आइतबार एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ ।

गत साताको अन्तिम दिन  शुक्रबारको तुलनामा आइतबार तोलामा १ हजार ५०० रुपयाँले बढेर ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।  आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ ०० रुपैयाँ निधारर्ण गरिएको छ । 

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २८० रुपैयाँमा नेपाली बजारमा कारोबार  भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८७२ र चाँदी प्रतिऔंस २२ दशमलव ८९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।