बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

आइतबार, जेष्ठ २९ २०७९

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकले सोमबार १ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकका कार्यसूची निर्धारण गर्नेछ ।

आजको बैठक महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन् । 

स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्ष दल एमालेले ३० जेठमा सचिवालय बैठक बोलाएको छ ।