बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पब्जी खेल नेपालमा बन्द गर्न संसदमा उठ्यो आवाज  

बिहिबार, जेष्ठ २६ २०७९

काठमाडौं । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले नवयुवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । 

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।

छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । 
पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् । 

मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने खेल पब्जीले युवापुस्तामा नराम्रो असर परेका कारण छिमेकी देशमा यो खेलन बन्द गरिएको छ । छिमेकी देश भारतले २०२० को सेप्टेम्बर ३ बाट पब्जी खेल प्रतिबन्ध लगाएको थियो।