बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीलाई पुर्‍याउन नसक्ने हाे भने जनक शिक्षा सामग्री केन्द्र खारेज गरौं : नविना लामा

बिहिबार, जेष्ठ २६ २०७९

काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न र पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गरेकी छन् ।

नयाँ शैक्षिक सत्र सुरु भइसकेको दुई महिना पूरा हुन लाग्दासमेत विद्यार्थीले पाठ्यक्रम पाएका छैनन् ।

जसकारण उनले पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्न माग गरेकी हुन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद लामाले बेलैमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्नु पर्ने बताइन् ।

‘अहिले कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव छ । जनक शिक्षाले बेलैमा पाठ्यपुस्तक छाप्न र वितरण गर्न सक्दैन भने किन लगानी गर्ने ? किन खर्च गर्ने ? उनीहरु जवाफदेही हुनुपर्दैन ?’ उनले भनिन्, ‘पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा खारेज गरौँ । अब निजी क्षेत्रलाई पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा दिऔँ ।’