बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा उच्च बृद्धि

बुधबार, जेष्ठ २५ २०७९

एकै दिन ६० अंकले बढ्दा एक अर्ब ६४ करोडको सेयर कारोबार

काठमाडौं – अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन बुधबार उच्च अंकले बढेको छ । नेप्से आज ६० दशमलव २२ अंकले बढेर दुई हजार ८० दशमलव ४४ अंकमा चढेकोमा सेन्सिटिभ पनि ११ दशमलव २५ अंकले बढेर चार सय दशमलव ३७ अंकमा चढेको छ ।

आज दुई सय ३१ वटा कम्पनीहरुको ३० हजार छ सय ८४ पटकको कारोबारमा ५० लाख पाँच हजार आठ सय १४ कित्ता सेयर किनबेच भएका छन् भने कुल सेयर कारोबार रकम एक अर्ब ६४ करोड तीन लाख ५६ हजार छ सय आठ रुपैंयाँ पुगेको छ ।

 नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् भने १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २९ दशमलव ३५ अंकले बढेर १४ सय १८ दशमलव ९२ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ८४ दशमलव छ अंकले बढेर २४ हजार ५७ दशमलव ६९ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि तीन सय २० दशमलव तीन अंकले बढेर आठ हजार छ सय ६५ दशमलव ६५ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि दुई सय ९३ दशमलव १३ अंकले बढेर नौं हजार आठ सय ६९ दशमलव ५५ अंकमा पुगेको छ । यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडीङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कमपनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माउन्टेन हाईड्रो नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।