काठमाडौं। राजनीतिमा अनेक परिदृश्य देखिन्छ। जनयुद्धमा धर्मलाई अफिम भन्दै प्रख्यात पण्डित नारायण पोखरेलको दिन दहाडै गोली हानी हत्या गर्ने माओवादीका सुप्रिमोको अलग रुप देखिएको छ।
नारायण पोखरेलको माओवादीले हत्या गरेपछि बाबुको विँडो थाम्दै उनका छोरा दिनबन्धु पोखरेलले पण्डित कर्मलाई निरन्तरता दिए। उनी पनि ख्याती कमाउने मध्यमा पर्छन्। अहिले उनै दिनबन्धुसँग बाबुको हत्या गर्ने निर्देशन दिएका प्रचण्डले आशिर्वाद थापेको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको छ।
उक्त तस्बिर सार्वजनिक हुनासाथ प्रचण्डको तिव्र आलोचना भएको छ। ‘हिन्दू धर्मलाई अफिम भनी हत्याको पराकाष्ट मच्चाउने प्रचण्ड अहिले उनैका छोराबाट टिका र आशिर्वाद थाप्छन्, यो कस्तो राजनीतिक संस्कार हो’, एक सर्वसाधारणको प्रश्न छ,‘प्रचण्डले पाप पखाल्न खोजेका हुन्?’
प्रचण्डले हिन्दू धर्मलाई सँधै नै हेयको दृष्टिले हेर्दै आएका छन्। उनले बाबु मुक्तिनाथ दाहालको निधन हुँदा सुटमा नै दागवत्ती दिएका थिए भने जुठो समेत बारेनन्। अहिले धार्मिक गुरुसँग आशिर्वाद लिने उनको यो राजनीतिको सर्वत्र आलोचना भएको छ।
प्रचण्डको आलोचना त सार्वजनिक हुनासाथ भैंसीको पुच्छर समातेर पूजा गरेको समयदेखि नै भएको थियो। तर उनले यी सबै विषयबस्तुलाई जनतासामु झूठा तर्कले छिचोल्दै आएका छन्।