बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

लोसपाले प्रधानमन्त्री देउवालाई बुझायो ११ बुँदे ज्ञापनपत्र

मंगलबार, जेष्ठ २४ २०७९

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुको टोलीले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाए हाे । 

ज्ञापनपत्र मार्फत लोसपाले नागरिकता विधेयक पारित गर्न तथा मधेस आन्दोलनका बेला झूटा मुद्दा लगाएर थुनिएकाहरुलाई रिहा गर्न माग गरेको छ ।

लोसपाले जनसंख्याको आधारमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभामा प्रतिनिधित्वको व्यवस्था गर्न तथा जनसंख्याको आधारमा बजेट वितरण गर्नसमेत माग गरेको छ ।

यसैगरी लोसपाले विगतमा सम्युक्त लोकतान्त्रिक मोर्चासँग गरिएको सम्झौता लागू गर्नलगायतका माग राखेको छ ।

लोसपा सरकारमा सहभागी हुनेबारे अनौपचारिक संवादमा रहेको  छ ।

285488399_1335585840270149_2386719687820798102_n.jpg