एक अर्ब २७ करोड रुपैंयाँको मात्र सेयर किनबेच
काठमाडौं, जेठ २३
साताको पहिलो कारोबार दिन नै नेप्सेमा पहिरो गएको छ । आज सोमबार नेप्से १२ दशमलव ९२ अंकले घटेर दुई हजार ६५ दशमलव ७८ अंकमा झर्दा सेन्सिटिभ पनि तीन दशमलव १२ अंकले घटेर चार सय दशमलव ३६ अंकमा पुगेको छ । दुई सय २८ वटा कम्पनीहरुको २५ हजार नौं सय आठ पटकको कारोबारमा ४४ लाख नौं हजार छ सय ९१ कित्ता सेयर किनबेच भएका छन् भने आज कुल सेयर कारोबार रकम एक अर्ब २७ करोड ३३ लाख ८५ हजार दुई सय ७७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सात वटा समुहले गुमाएका छन् भने छ वटाले कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दशमलव चार अंंकले घटेर १४ सय २८ दशमलव ४६ अंकमा झर्दा निर्जिवन बीमा समुहको सुुचक पनि ४९ दशमलव ५४ अंकले घटेर आट हजार चार सय ८५ दशमलव १३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ९८ दशमलव ३२ अंकले घटेर नौं हजार छ सय ६३ दशमलव ६० अंकमा झर्दा जलबिद्युत, ट्रेडिंङ्ग, होटल तथा पर्यटन र लगानी समुहको सुचक पनि उच्च अंकले घटेका छन् । बिकास बैंक समुहको सुचक भने ११ दशमलव ९३ अंकले बढेर तीन हजार छ सय १८ दशमलव ७० अंकमा पुग्दा फाईनान्स, लघुवित्त, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने भने एशियन लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।