८ केजी र ९ केजी क्षमताका थप मोडलहरु
काठमाडौँ – नेपालको सबैभन्दा ठूलो र सर्वाधिक विश्वासिलो उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्ड, सामसङ्गले आफ्नो २०२२ को नयाँ लाईन अप अन्तर्गत पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ्ग मेशिनहरु प्रस्तुत गरेको छ ।
यी नयाँ एआइ एकोबब्बल वासिङ्ग मेशिनहरु सहज धुलाईको अनुभवका लागि नयाँ एआइ कन्ट्रोल विशेषतासहितका छन् भनें उपभोक्ताहरुको चाहना अनुरुप ८ केजी र ९ केजीसम्मको क्षमतायुक्त मोडलहरु छन् ।
२०२२ का वासिङ्ग मेशिनहरु ४ नयाँ मोडलहरुमा उपलब्ध छन् र यी मोडलहरु एआइ कन्ट्रोल, इकोबब्बल टेक्नोलोजी र हाइजिन स्टिम जस्ता विशेषताहरु युक्त छन् । एआइ कन्ट्रोलले तपाईंको धुलाई तरिकालाई सम्झन्छ र बुझ्ने गर्छ, साथै मेशिन लर्निङ्ग प्रयोग गरेर सबैभन्दा उपयुक्त साइकलहरुको सुझाव दिने गर्दछ । यसले लन्ड्री रेसिप, लन्ड्री प्लानिङ्ग, होमकेयर विजार्ड र स्थानमा आधारित सुझावहरु जस्ता स्मार्ट समाधानहरु प्रदान गर्ने गर्दछ ।
२०२२ का वासिङ्ग मेशिनहरुमा सामसङ्गको स्वामित्व भएको इकोबब्बल प्रविधि जडित छन्, जसले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर उपलब्ध गर्नुका साथै ऊर्जा बचत गर्न मद्दत गर्छ । उच्च गुणस्तरको सफाई र स्वच्छताको सुनिश्चितता दिलाउन सम्पूर्ण नयाँ मोडलहरु हाइजिन स्टिम प्रविधिका साथ उपलब्ध छन्, जुसले गढेको मयल तथा ९९.९ प्रतिशत एलर्जि जीवाणुहरु र हटाउन सक्षम छ ।
एआइ इकोबब्बल नेपालको पहिलो वासिङ्ग मेशिन हो, जसले मल्टिपल अपशनहरु चलाउने आवश्यकता हटाएर प्रयोगको सहजता प्रदान गर्दै प्रयोगकर्ताको व्यवहारलाई बुझेर सबैभन्दा उपयुक्त धुलाई साइकल सिफारिस गर्दछ ।
यो स्मार्ट इन्टरनेट अफ थिङ्ग्स (आइओटि) सक्षम वासिङ्ग मेशिन ग्यालेक्सी स्मार्टफोनहरु, सामसङ्ग स्मार्ट टिभि जस्तै सामसङ्ग स्मार्ट उपकरणहरु साथसाथै भ्वाइस उपकरणहरु एलेक्सा र गुगल होमसंग कनेक्ट गर्न सकिन्छ । जसले गर्दा प्रयोगकर्ताहरुले सिमलेस अनुभव लिन सक्दछन् ।
सामसङ्ग स्मार्ट थिङ्गस एपसंग जोडेपछि एआइ इको बब्बल वासिङ्ग मेशिनहरुले २८ लाख डाटा अँकहरुमा आधारित उत्कृष्ट धुलाई अपशनहरु उपलब्ध गराउँछन् ।
धुलाई अनुभवलाई ज्यादा प्रभावकारी र सजिलो बनाउन लण्ड्री प्लानरले प्रयोगकर्ताहरुलाई धुलाईको अन्त्य हुने समय निर्धारण गर्न सघाउँछ भनें लण्ड्री रेसिपिले प्रयोगकर्ताद्वारा दिइएको रङ्ग, फेब्रिक किसिम र दागको डिग्री लगायतको सूचनाहरुमा आधारित उच्चतम धुलाई साइकलहरुको अटोमेटिक रेकमेन्डेशन प्रदान गरी अनुमान लगाउनु पर्ने आवश्यकतालाई हटाउँछ ।
गोइङ्ग आउट मोडले एन्ड टाइम ढिलो गर्न सहयोग गर्छ र धेरै समयसम्म वासरमा लुगा कपडाहरु छाडिनबाट बचाउँछ। यसका अलावा होम केयर विजार्डले प्रयोगकर्ताहरुलाई सम्भावित समस्याहरुका बारेमा सजग गराउँदै तीव्र समस्या निवारण गर्दछ ।
मूल्य, उपलब्धता र वारेन्टी
यी सम्पूर्ण नयाँ वासिङ्ग मेशिनहरु नेपालभरका सबै खुद्रा बिक्री साझेदारहरुमा सामसङ्गको आधिकारिक वितरकहरु हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारमार्फत् उपलब्ध हुनेछ । यी मेशिनहरुको शुरुवाती मूल्य ११७,९९० रुपैयाँ कायम गरिएको छ ।
उपभोक्ताहरुलाई एआइ इकोबब्बल वासिङ्ग मेशिनहरुमा १ वर्षको वारेन्टी र डिटिआइ मोटरमा १० वर्षको वारेन्टी दिइनेछ ।
नयाँ वासिङ्ग मेशिनकाहरु किन्न चाहने उपभोक्ताहरुले चुनिएका सामसङ्ग स्मार्ट प्लाजाहरुबाट शुन्य लागत मासिक किस्ताबन्दीमा पनि सजिलो फाइनान्सिङ्ग विकल्पहरु प्राप्त गर्न सक्नु हुनेछ ।
सामसङ्गको एआइ वासिङ्ग मेशिनहरुका विशेषताहरुः
एआइ कन्ट्रोल
एआइ कन्ट्रोलहरुले स्मार्ट समाधानहरु जस्तै लण्ड्री रेसिपि, लण्ड्री प्लानिङ्ग, होम केयर विजार्ड र स्थानमा आधारित रेकमेन्डेशनहरु उपलब्ध गराएर धुलाई कार्यलाई बढी सहज र ज्यादा प्रभावकारी बनाइदिन्छन् ।
एआइ प्याटर्नले तपाईंको लुगा धुने व्यवहारलाई सम्झन्छ र बुझ्छ अनि सबैभन्दा उपयुक्त साइकलहरुको सुझाव दिन्छ । यसले साइकलहरु पर्सनलाइज गरेर उत्तम धुलाई अनुभवलाई तपाईंको आवश्यकताहरु र जीवनशैलीसंग अनूकूल मिलाउँछ । साथै यसले सर्भिस सेन्टरलाई नबोलाइकनै र म्यानुअल नहेरी समस्याहरु समाधान गर्न मद्धत गर्दछ ।
एआइ इकोबब्बल
सामसङ्गको इकोबब्बल प्रविधिले डिटरजेन्टलाई पानीमा घुलाउनलाई बबल उत्पन्न गर्दछ र त्यसपछि हावा इन्जेक्ट गराएर घना फिंज उत्पादन गर्दछ जुन ४० गुणा छिटो प्रवेश हुन्छ । बब्बल कुशनका साथ यस प्रविधिले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर प्रदान गर्दछ । कोमल र सौम्य बब्बलहरुले मुलायम कपडाहरु जस्तै आउटडोर पहिरनहरु र वाटर रिपेलेन्ट फेब्रिकहरुलाई जोगाउँछ । इको बब्बलले पानीमा डिटर्जेन्ट राम्ररी घोलेर कपडाहरुमा छिटो प्रवेश गराइदिन्छ । सुपर इको वाशले केवल ३० प्रतिशत ऊर्जा खपत गर्दै केवल १५ डिग्री सेल्सियसमा धोएर ४० डिग्री सेल्सियस धुलाईको प्रतिफल दिन्छ ।
बब्बल सोक
बबल सोक प्रणालीले विभिन्न किसिमका दागहरु एक स्पर्शमै राम्ररी र सफासंग हटाइदिन्छ । यो सक्रिय बब्बल प्रणालीले विभिन्न खाले जिद्दी दागहरु जस्तै रगत, चिया, वाइन, मेक–अप र घाँसका दागहरु हटाउन मद्दत गर्छ ।
एड वास
एड वासले धुलाई साइकल शुरु भए पश्चात् पनि प्रयोगकर्तालाई डिटरजेन्ट अथवा थप कपडाहरु राख्ने कार्यमा सघाउँछ । एक साइकलको दौरान बिर्सिएका सामग्रीहरु, अतिरिक्त सफटनर र मिच्ने मात्रका वस्तुहरु थप गर्न सकिन्छ ।
हाइजिन स्टिम
हाइजिन स्टिमले ड्रमको तलबाट वाफ निष्कासन गरेर र धुलाईलाई पूर्णतया राम्ररी भिजाएर कपडाहरुको सफाई गर्छ । हाइजिन स्टिमले कडा मयल र ९९.९ प्रतिशत जीवाणु तथा एलर्जिहरु हटाइदिन्छ । हाइजिन स्टिम साइकलमा पहिले पानी, मयल र डिटरजेन्ट निष्कासन हुन्छ । दोस्रोमा, यसले वाफ बनाउन थोरै सफा पानी लिन्छ । त्यसपछि २० मिनेटको लागि बिल्ट इन हिटरले पानी उमाल्छ । वाफ चरणपछि यसले पानी निष्कासन गर्छ र मिच्ने प्रक्रिया शुरु गर्छ अनि अन्त्यमा साइकल पूरा गर्न अर्को धुलाई प्रक्रियालाई अघि बढाउँछ ।
डिजिटल इन्भर्टर प्रविधि
डिआइटिले शान्त र अधिक शक्तिशाली कार्यको लागि बलिया चुम्बकहरु प्रयोग गर्दछ , तर ब्रश भएको युनिभर्सल मोटरको दाँजोमा कम ऊर्जा खपत गर्दछ । यसले ब्रशहरु प्रयोग गर्दैन र यसको निर्माण उच्च गुणस्तरीय मेकानिकल इन्जिनियरिङ्ग प्रयोग गरेर गरिन्छ । यसमा १० वर्षको वारेन्टी प्रदान गरिएको छ, जसले तपाईंको वासिङ्ग मेशिनको आयु धेरैकालको भएको ग्यारेन्टी दिन्छ ।
ड्रम क्लिन-ड्रम क्लिन
ड्रम क्लिनले कुनै पनि केमिकलहरुको प्रयोग बिना तपाईंको वासरलाई जीवाणु रहित एवं फोहर रहित राख्न सहयोग गर्छ । यसले वासरको भित्रबाट ९९.९ प्रतिशत जीवाणु र रबड ग्यास्केटबाट फोहरहरु हटाइदिन्छ । ड्रम क्लिन+ साइकलको इन्टरटेकद्वारा गरिएको परीक्षणमा आधारित । वासिङ्ग मेशिनले स्वतः प्रयोगकर्तालाई सफा गर्नु पर्ने बेला नोटिफाइ गराउँछ ।
स्टे क्लिन ड्रयर
स्टे क्लिन ड्रयरमा धेरै डिटरजेन्ट वाटर फ्लसिङ्ग प्रणालीले धोएर लग्छ । त्यसैले सबै डिटरजेन्ट वा सफ्टनरहरु पूर्णतया प्रयोग हुन्छ र ट्रे सफा तथा अधिक स्वच्छ रहन्छ ।
सुपर स्पीड साइकल
सुपर स्पीड साइकल विशेषताले फूल लोडको धुलाई केवल ५९ मिनेटमा गर्न सक्छ । इको बब्बल प्रविधिले शक्तिशाली सफाईको सुनिश्चितता दिन्छ भने स्पीड स्प्रे प्रयोग गरेर रिन्ज समय छोट्याउन सकिन्छ । यसले कपडाहरुलाई छिटो स्पिन–ड्राई गर्न स्पिनको गति पनि बढाउँछ ।
क्वीक ड्राइभ
यो प्रविधिले धुलाई साइकलहरुलाई तीव्र रुपमा छिटो मात्र गर्दैन साथसाथै प्रक्रियालाई अझ सजिलो र बढी इनर्जि एफिशिएन्ट पनि बनाउँछ । नवीनतम फेब्रिक केयर ड्रममा पल्सेटर जडित छ, जसले हरेक पटक तपाईंको लुगा छिटो र प्रभावकारी ढँगले धुन्छ । अब तपाईंले कपडा धुन थोरै समय र लुगा लगाउन धेरै समय लगाउन सक्नु हुन्छ ।
अटो डिस्पेन्सर
अटो डिस्पेन्सरले तपाईंलाई कम समयमा राम्ररी लुगा धुन सघाउँछ । यसले प्रत्येक लोडका लागि डिटरजेन्ट र सफ्टनरको आवश्यक परिमाण अटो डिस्पेन्स गरेर २६ प्रतिशत डिटरजेन्ट तथा ४६ प्रतिशत सफ्टनरको बचत गराउँछ । यसमा भएको सजिलै डिटरजेन्ट भर्न सकिने डिट्याचेबल ट्याँकमा १ महिनासम्म धुन पुग्ने डिटरजेन्ट राख्न सकिन्छ ।
सामसङ्ग इलेक्ट्रोनिक्स क.लि.को बारेमा
सामसङ्गले परिवर्तनकारी सोचहरु र प्रविधिहरुका साथ भविष्यलाई आकार दिन्छ र विश्वलाई प्रेरित गर्दछ । कम्पनीले टिभि, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआइ, फाउण्ड्री र एलइडि विधिको परिभाषालाई पुनःपरिभाषित गर्दैछ ।