बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

साताको अन्तिम कारोबार दिन पनि घट्यो नेप्से

शुक्रबार, जेष्ठ २० २०७९

३३ अंकले घट्दा एक अर्ब ३० करोडको सेयर खरिद बिक्री

काठमाडौँ – साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज पनि ३३ दशमलव ७६ अंकले घटेर दुई हजार ७८ दशमलव ७० अंकमा पुग्दा सेन्सिटिभ पनि सात दशमलव १८ अंकले घटेर चार सय तीन दशमलव ४८ अंकमा पुगेको छ ।

दुई सय २६ वटा कम्पनीहरुको २६ हजार छ सय ९३ पटकको कारोबारमा ३८ लाख ४८ हजार पाँच सय आठ कित्ता सेयर किन बेच भएका छन भने कारोबार रकम एक अर्ब ३० करोड ७३ लाख ५९ हजार पाँच सय ४१ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहको सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक २४ दशमलव सात अंकले घटेर १४ सय ४७ दशमलव ५० अंकमा पुग्दा जलविद्युब समुहको सुचक पनि ३१ दशमलव ९३ अंकले घटेर २४ सय २५ दशमलव ७६ अंकमा पुगेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि आज एक सय ६७ दशमलव १५ अंकले घटेर आठ हजार पाँच सय ३४ दशमलव ६७ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि दुई सय ३६ दशमलव ६५ अंकले घटेर नौं हजार आठ सय ६१ दशमलव ९२ अंकमा पुगेको छ । यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिल लगानी कोष र लगानी समुहहरुको सुचक पनि आज उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।