बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

१८ अंकले घट्यो नेप्से

बिहिबार, जेष्ठ १९ २०७९

सामुहिक लगानी कोष बाहेक सबै समुहको सुचक रातै

काठमाडौँ – आज बिहिबार नेप्से पुन घटेको छ । अघिलो दिन १९ अंकले घटेको नेप्से आज बिहिबार १८ दशमलव २६ अंकले घटेर २१ सय १२ दशमलव ४७ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दशमलव ८१ अंकले घटेर चार सय १० दशमलव ६६ अंकमा पुगेको छ ।

आज दुई सय २७ वटा कम्पनीहरुको २१ हजार आठ सय ३३ पटकको कारोबारमा ३५ लाख ६६ हजार आठ सय १९ कित्ता सेयर किन बेच भएका छन भने कारोबार रकम एक अर्ब १६ करोड १५ लाख १४ हजार एक सय ६९ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक ११ दशमलव १२ अंकले घटेर १४ सय ७२ दशमलव १९ अंकमा पुग्दा विकास बैंक समुहको सुचक १९ दशमलव १९ अंकले घटेर तीन हजार छ सय ६३ दशमलव ४५ अंकमा पुगेको छ ।

जलविद्युत समुहको सुचक पनि १३ दशमलव ६२ अंकले बढेर २४ सय ५७ दशमलव ६९ अंकले घटेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ३८ दशमलव १६ अंकले घटेर आठ हजार सात सय एक दशमलव ८३ अंकमा घटेको छ । यि बाहेक जीवन बीमा, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि क्रमश घटेकाछन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बलेफी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा माउन्टेन हाईड्रो नेपाल लिमिटेड परेको छ ।