बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

रोकिएन नेप्सेमा निरन्तरको पहिरो

बुधबार, जेष्ठ १८ २०७९

काठमाडौं – नेप्से आज बुधबार पनि घटेको छ । अघिल्लो दिन पनि उच्च अंकले घटेको नेप्से आज पुन सात दशमलव १९ अंकले घटेर २१ सय ३० दशमलव ७३ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव १६ अंकले घटेर चार सय १४ दशमलव ४७ अंकमा झरेको छ ।

आज दुई सय २७ वटा कम्पनीहरुको २३ हजार एक सय ३४ पटकको कारोबारमा ३० लाख २० हजार ६७ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब सात करोड ८४ लाख ८४ हजार एक सय ८२ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा १० वटा समुहले गुमाएका छन भने तीन वटाले कमाएका छन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव चार अंकले घटेर १४ सय ८३ दशमलव ३१ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक एक सय ५७ दशमलव एक अंकले घटेर आठ हजार आठ सय ३९ दशमलव ९८ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ५५ दशमलव ८५ अंकले घटेर १० हजार दुई सुय ४५ दशमलव १९ अंकमा पुगेको छ भने लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।

विकास बैंक समुहको सुचक भने २१ दशमलव ४२ अंकले बढेर तीन हजार छ सय ८२ दशमलव ७६ अंकमा चढेकोमा जलबिद्युत र फाईनान्स समुहको सुचक पनि बढेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्भेष्टमेन्ट बैंक पहिलो स्थानमा परेको छ ।