बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बजेटको उल्टो प्रभाव नेप्सेमा 

सोमबार, जेष्ठ १६ २०७९

काठमाडौँ – नेप्सेमा बजेटको उल्टो प्रभाव देखिएको छ। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आईतबार आगामी आर्थिक वर्षको लागि बजेट घोषणा गरेका थिए। बजेट पछि सबैले नेप्से बढ्ने अपेक्षा गरेका थिए। तर बजेट घोषणा पछिको पहिलो दिन आज सोमबार नेप्से उच्च अंकले घटेको छ ।

नेप्से आज ५० दशमलव ३३ अंकले घटेर २१ सय ७३ दशमलव ४४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ३३ अंकले घटेर चार सय २२ दशमलव ७४ अंकमा पुगेको छ । दुई सय २७ वटा कम्पनीहरुको २६ हजार नौं सय ४९ पटकको कारोबारमा ३४ लाख ५६ हजार पाँच सय २९ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार दुई सय ८२ रुपैंयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहको सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक २१ दशमलव ८५ अंकले घटेर १५ सय २७ दशमलव दुई अंकमा पुग्दा जलविद्युत समुहको सुचक पनि ६७ दशमलव १३ अंकले घटेर २४ सय ८५ दशमलव ३३ अंकमा पुगेको छ ।

निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ४८ दशमलव ९५ अंकले घटेर नौं हजार दुई सय २३ दशमलव ५० अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि तीन सय छ दशमलव ६९ अंकले घटेर १० हजार चार सय ७२ दशमलव ८८ अंंकमा पुगेको छ ।

यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बलेफी हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम लिमिटेड परेको छ ।