काठमाडौं – आज बिहिबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन एक अर्ब रुपैंयाँ भन्दा बढीका कारोबार हुने गरेको थियो । तर आज बिहिबार भने नेप्से आठ दशमलव तीन अंकले बढेर २२ सय ३९ दशमलव ६० अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव ३९ अंकले बढेर चार सय ३६ दशमलव ४७ अंकमा चढेको छ ।
जसबाट आज दुई सय २२ वटा कम्पनीहरुको १८ हजार आठ सय आठ पटकको कारोबारमा २३ लाख २४ हजार छ सय ६५ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम ८८ करोड ९८ लाख ३४ हजार नौं सय नौं रुपैंयाँ कायम भएको छ ।
आज १३ वटा समुहको कारोबार हुंदा पाँच वटा समुहको सुचक घटेर आनठ वटा समुहको सुचक बढेका छन । जसमध्ये वाणिज्य बैंक समुहको सुचक १५ दशमलव शुन्य दुई अंकले बढेर १५ सय ५४ दशमलव ९५ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि सात दशमलव ४३ अंकले बढेर नौं हजार पाँच सय ५० दशमलव ९१ अंकमा चढेको छ ।
जीवन बीमा समुहको सुचक पनि ८९ दशमलव ८८ अंकले बढेर १० हजार आठ सय ५८ दशमलव ३८ अंकमा पुग्दा लघुवित्त, ट्रेडिङ, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् । विकास बैंक समुहको सुचक भने सात दशमलव ३९ अंकले घटेर ३८ सय ५० दशमलव ८९ अंकमा पुग्दा जलविद्युत, फाईनान्स, होटल तथा पर्यटन र अन्य समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मेगा बैंक लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कामरोबार गर्ने कम्पनीहरुको सुचीमा पनि मेगा बैंक नैं पहिलो स्थानमा परेको छ ।