काठमाडौं – नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार भने १६ दशमलव ३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६२ अंकले बढेर चार सय ३२ दशमलव ६७ अंकमा चढेको छ ।
दुई सय २४ वटा कम्पनीहरुको २१ हजार सात सय नौं पटकको कारोबारमा ३१ लाख सात सय ३० कित्ता सेयर किनबेच भएका छन भने कुल सेयर कारोबार रकम रकम एक अर्ब आठ करोड ८८ लाख ३३ हजार पाँच सय ४२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन । ति मध्ये दुई वटा समुहको सुचक घटेका छन् भने ११ वटाको बढेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ९२ अंकले बढेर १५ सय ३१ दशमलव ७४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५१ दशमलव ६३ अंकले बढेर २५ सय ५६ दशमलव २० अंकमा पुगेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि २४ अंकले बढेर नौं हजार चार सय आठ दशमलव ९८ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ७६ दशमलव ७४ अंकले बढेर १० हजार सात सय दुई अंकमा पुगेको छ । यि बाहेक विकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लक्ष्मी लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा कर्पोरेट डेभलपमेन्ट बैंक पहिलो स्थानमा परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर पहिलो स्थानमा परेको छ ।