काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बैंकर ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् ।
नबिल बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ढुंगानालाई आगामी चार बर्षका लागि सीईओमा नियुक्त गरेको हो ।
हालका सीईओ अनिल केशरी शाहको कार्यकाल सकिँदै गर्दा नबिल बैंकमा नेपाल बङ्गलादेश बैंक मर्ज गराउने मुख्य भूमिकामा रहेका ढुंगानालाई सीईओ बनाउन लागिएको हो । हालका सीईओ शाहको कार्यकाल सकिएको दोस्रो दिन देखि नै ढुंगानाले सीईओको पदभार ग्रहण गर्नेछन् ।
ढुंगाना गत पौष १६ गते नेपाल बङ्गलादेश बैंकको सीईओमा एक दशक कार्यकाल सकेर विदाई भइका थिए । ढुंगानाले असार १७ गतेदेखिनबिल बैंकको सीईओ पद सम्हाल्ने छन् ।
नबिल बैंकको सीईओमा ढुंगानालाई नियुक्त गर्ने र ढुंगाना नियुक्त भएको केही दिनमा नै एकीकृत कारोबार गर्ने बैंकले तयारी थालेको छ ।