गायक सिडी विजय अधिकारीको आवाजमा समाबेश ‘अबिरल मायाको कोसेली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द पुनम मोथेको रहेको छ भने सिडी विजयकै संगीत रहेको पाइन्छ ।
प्रेम जीवनमा रमाइरहेका प्रेमिल जोडीहरु बिछोडीएको भावनालाई यस म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोको प्रमुख भुमिकामा मोडेल सुधिर श्रेष्ठ र अश्विनी शाही को अभिनय रहेको छ ।
ज्ञानेन्द्र हुमागाईंले छायांकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन् । सुर्य ओली निर्माता रहेका यस भिडियोलाई सन्तोष राजवाहकले निर्देशन गरेका हुन् ।