काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर १० मा १० पटकनै वडाध्यक्ष जितेका नरसिंह व्यन्जनकार ११औं पटकमा पराजित बनेका छन् ।
८१ वर्षीय व्यञ्जनकारले आसन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यस पटकको स्थानीय चुनावमा व्यन्जनकार नेपाली कांग्रेसका रविन व्यन्जनकारसंग २८२ मतान्तरले पराजित भए । रविन नातामा नरसिंहका आफ्नै भतिज पर्दछन् ।
स्वतन्त्र उम्मेदवार नरसिंहले पाँच सय ७८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी रवीनले ८ सय २५ मत प्राप्त गरेका छन् ।
नरसिंह स्वतन्त्रबाट उम्मेदवारी दिएर यसअघि १० पटक यहाँको वडा अध्यक्ष भइसकेका छन् ।