बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको मूल्य आज पनि घट्यो

बुधबार, बैशाख २८ २०७९

 काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर ९७ हजार रुपैयाँ तोकिएको छ ।

पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।  
   
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  ३० रुपैयाँले घटेर एक हजार २४५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ ।