बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाल र जिम्बाब्बे बीचको खेल ३३ ओभर हुने,  टस जितेर नेपाल फिल्डिङ गर्दै

सोमबार, बैशाख २६ २०७९

काठमाडौं । नेपाल भ्रमणमा रहेको  जिम्बाब्बे  र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल सोमबार हुँदै छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस जितेर फिल्डिङ गर्ने भएको छ । भ्रमणकारी टोली जिम्बाब्बे भने सुरुवाती ब्याटिङ गर्नेछ ।

खेल निर्घारित समय अनुसार ९ बजे हुनु पर्ने थियो ।  तर, राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र भएको थियो ।  

नेपाल क्रिकेट संघ क्यानका अनुसार खेल ३३ ओभरको हुनेछ । 

नेपाल र जिम्बाब्बे  ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ । 

पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने  दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो । 

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ । यता जिम्बाब्बे भने शृंखला जित्दै भ्रमण सुखमय बनाउन चाहन्छ ।