बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

साताको पहिलो कारोबार दिन आज सुनचाँदीको मूल्य बढ्यो

आइतबार, बैशाख २५ २०७९

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य ६ सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार  तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो ।     
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।