बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

डि.पी र ममताको स्वरमा रहेको ‘मायाको मौसम’ मा सुधिर श्रेष्ठ र जुना कार्कीको रोमान्स

शुक्रबार, बैशाख २३ २०७९

गायक एवम गीतकार डि.पी खनाल र गायिका ममता गुरुङको  स्वरमा रहेको ‘मायाको मौसम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा सदु खनालको शब्द रहेको छ भने गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना कार्की बिचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोमा दिन्सन शाहको सम्पादन रहेको हुन् ।

दिपेश परियार सहायक निर्देशक रहेको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। यस भिडियोलाई ‘सुधिर श्रेष्ठ सिर्कार’ च्यानल बाट हेर्न सकिन्छ।