बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

रोकिएन नेप्सेको ओरालो यात्रा

बिहिबार, बैशाख २२ २०७९

काठमाडौं l नेप्से राताम्मै देखिएको छ । आज बुधबार नेप्से ३१ दशमलव ७६ अंकले घटेर २२ सय ७५ दशमलव ६८ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दशमलव नौं अंकले घटेर चार सय ३६ दशमलव ८८ अंकमा झरेको छ ।

आज दुई सय ३३ वटा कम्पनीहरुको २७ हजार पाँच सय ६६ पटकको कारोबारमा ३६ लाख दुई हजार आठ सय ४८ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम एक अर्ब २६ करोड ९२ लाख १९ हजार चार सय २१ रुपैंयाँ पुुगेको छ ।  

आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से राताम्मै देखिएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १३ दशमलव २३ अंकले घटेर १५ सय ५० दशमलव ७१ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ५९ दशमलव ९३ अंकले घटेर २५ सय १६ दशमलव ५७ अंकमा पुगेको छ ।

निर्जिवन बीमा समुहको सुुचक पनि दुई सय १० दशमलव ८२ अंकले घटेर १० हजार दुई सय ७१ दशमलव ५८ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि दुई सय ८६ दशमलव ८२ अंकले घटेर ११ हजार नौं सय ६६ दशमलव २८ अंकमा पुुगेको छ ।

यसैगरी विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जाल्पा लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो ग्रिन भेञ्चर लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।