एक क्यान्सर पिडीत नेपाली दौलत बहादुर थापाको बिषयलाई लिएर बनाइएको भिडियो सार्बजनिक भएको छ । जिब्रो क्यान्सर पिडित थापाको जीवनीमा आधारित रहेर यस गीतलाई सरला श्रेष्ठले सब्द लेख्नु भएको हो भने नारायण ओलीले आवाज तथा संगीत भर्नु भएको हो । गोपाल रसाइलीको एरेन्जमा रहेको गीतलाई प्रकाश खरेलले मिक्सिङ्ग गर्नु भएको छ।
रोहित बस्नेत र मेलिना ठकुरीको मुख्य अभिनय रहेको भिडियोलाई जिबन पराजुलीले ले छायांकन गरेका हुन् भने ओम प्रकाश अवस्थीले सम्पादन तथा निर्देशन गरेका हुन् । निर्माण टिमले भिडियो बाट आएको सम्पूर्ण रकम क्यान्सर पिडित दौलत बहादुर थापालाई दिने बताएका छन् ।