बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबैमा गिरावट

मंगलबार, बैशाख १३ २०७९

काठमाडौँ l नेप्से सुचक तथा कारोबार रकम दुबै घटेका छन् । अघिल्लो दिन उच्च अंंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार ३४ दशमलव ९५ अंकले घटेर २३ सय ८६ दशमलव एक अंकमा झरेको छ भने सेन्सिटिभ छ दशमलव १९ अंकले घटेर चार सय ५४ दशमलव ६९ अंकमा झरेको छ ।

आज दुई सय ३९ वटा कम्पनीहरुको ४६ हजार चार सय एक पटकको कारोबारमा ५० लाख ४७ हजार सात सय ६९ कित्ता सेयर किनबेच भएकाछन् भने कारोबार रकम दुई अर्ब चार करोड २२ लाख ५३ हजार एक सय ८२ रुपैंयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोबार हुंदा टल तथा पर्यटन र सामुहिक लगानी कोष समुहहरुको सुचक झिनो अंकले बढेका छन् भने बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १६ दशमलव पाँच अंकले घटेर १५ सय ९४ दशमलव ५६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५१ दशमलव ९१ अंकले घटेर २७ सय २० दशमलव ६९ अंकमा पुगेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि एक सय ५० दशमलव नौं अंकले घटेर १० हजार आठ सय ११ दशमलव ८१ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जाल्पा लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।