काठमाडौँ l नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार भने चार दशमलव ९४ अंकले बढेर २३ सय २५ दशमलव ४५ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव छ अंकले बढेर चार सय ४३ दशमलव १४ अंकमा पुगेको छ ।
दुई सय ३१ वटा कम्पनीहरुको ३६ हजार एक सय ९० पटकको कारोबारमा ३९ लाख ९१ हजार ५१ कित्ता सेयर किनबेच भएको छ भने कुल कारोबार रकम एक अर्ब ६२ करोड ९१ लाख ६८ हजार आठ सय ४८ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोबार हुंदा पाँच वटा समुहले गुमाएका छन् भने आठ वटा समुहले कमाएका छन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक चार दशमलव ५८ अंकले घटेर १५ सय ६८ दशमलव ९५ अंकमा झर्दा फाईनान्स, निर्जिवन बीमा, ट्रेडिङ र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।
विकास बैंक समुहको सुचक भने आज ३५ दशमलव १२ अंकले बढेर तीन हजार नौं सय ९५ दशमलव ९७ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ७४ दशमलव १४ अंकले बढेर १२ हजार छ सय १२ दशमलव ५७ अंकमा पुगेको छ । यि बाहेक जलबिद्युत, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रिन भेञ्चर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था परेको छ ।