बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो 

बिहिबार, बैशाख ८ २०७९

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर  एक लाख ९०० रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख ६०० रुपैयाँ मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ३८० रुपैयाँमा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५२ डलर आसपास कारोबार भइरहेको छ ।