काठमाडौँ l नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दुई दिन लगातार घटेको नेप्से आज मंगलबार भने १३ दशमलव ३७ अंकले बढेर २३ सय ५७ दशमलव २४ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६१ अंकले बढेर चार सय ४७ दशमलव ७६ अंकमा चढेको छ ।
दुई सय २९ वटा कम्पनीहरुको २७ हजार आठ सय ४१ पटकको कारोबारमा ३२ लाख १३ हजार एक सय ९५ कित्ता शेयर किनबेच किनबेच भएको छ भने कारोबार रकम एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार नौं सय ३२ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढेर नेप्सेमा पुरै हरियाली देखिएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव तीन अंकले बढेर १५ सय ८४ दशमलव ९४ अंकमा पुग्दा जलविद्युत समुहको सुचक पनि ११ दशमलव २४ अंकले बढेर २६ सय २८ दशमलव ५३ अंकमा पुगेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि ६२ दशमलव ४४ अंकले बढेर १० हजार सात सय ८२ दशमलव ५८ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि ९७ दशमलव ६६ अंकले बढेर १२ हजार सात सय ८४ दशमलव ८९ अंकमा पुगेको छ ।
यि बाहेक जलबिद्युत, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा दिव्येश्वरी हाईड्रो पावर लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नविल बैंक लिमिटेड परेको छ ।