चर्चित बलिउड गायिका सोनू कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको ‘शनिवारको दिन’ बोल गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा मनिष श्रेष्ठको संगीत र दीपक सापकोटाको शब्द रचना रहेको छ ।
बासु बरालको छायाँकन, सियोन श्रेष्ठ कोरियोग्राफी शिलन लम्सालको सम्पादन रहेको गीतलाई गायक मनिष श्रेष्ठ स्यमले निर्देशन गरेका हुन् ।
भिडियोमा सुशान्त खत्री प्रदिप लामा सन्तोशी कार्की, रोशनी तामाङ्ग ,सानू कार्की, गणेश पराजुली ,राम कडेल र मनिष श्रेष्ठको उत्कृष्ट अभिनय हेर्न सकिन्छ ।