बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

रोकिएन नेप्सेको ओरालो यात्रा

मंगलबार, चैत्र २९ २०७८

काठमाडौँ l नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार पनि ३४ दशमलव ७८ अंकले घटेर २३ सय ८५ दशमलव दुई अंकमा झर्दा सेन्सिटिभ पनि पाँच दशमलव ५२ अंकले घटेर चार सय ४९ दशमलव ३६ अंकमा झरेको छ ।

दुई सय ३७ वटा कम्पनीहरुको ३१ हजार पाँच सय ७६ पटकको कारोबारमा ३७ लाख ८३ हजार २४ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार चार सय १८ रुपैयाँ पुगेको छ ।  

आज १३ वटा समुहको कारोबार भएकोमा होटल तथा पर्यटन समुहको सुचक झिनो अंकले बढेर बाँकी समुहको सुचक घटेका छन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १२ दशमलव ९४ अंकले घटेर १५ सय ८६ दशमलव ८० अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ५२ दशमलव ९२ अंकले घटेर २७ सय ३२ दशमलव ८१ अंकमा पुुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ४५ दशमलव पाँच अंकले घटेर १८ सय ३१ दशमलव २४ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ३५ दशमलव १२ अंकले घटेर ११ हजार ५३ दशमलव ७१ अंकमा पुगेको छ ।

यसैगरी विकास बैंक, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इर्मर्जिङ नेपाल लिमिटेड परेको छ ।  

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।