बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा भिषण पहिरो, सबै सुचक रातै

सोमबार, चैत्र २८ २०७८

काठमाडौँ l नेप्सेमा भिषण पहिरो गएको छ। साताको दोस्रो कारोबार दिन आज (सोमबार) कारोबार खुलेको पहिलो केही समय नेप्से बढेको भएपनि अन्तिम समयमा आएर नेप्से ४४ दशमलव ६४ अंकले घटेर २४ सय १९ दशमलव ७१ अंकमा झरेको छ ।

सेन्सिटिभ पनि नौं दशमलव ३८ अंकले घटेर चार सय ५४ दशमलव ३७ अंकमा पुगेको छ । आज दुई सय ३३ वटा कम्पनीहरुको ४० हजार पाँच सय सात पटकको कारोबारमा ५० लाख ९५ हजार आठ सय ३४ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम दुई अर्ब २६ करोड सात लाख ८६ हजार छ सय २८ रुपैयाँ पुगेको छ ।  

आज १३ वटा समुहको कारोबार हुंदा १३ वटै समुहहरुको सुचक घट्दा नेप्से पुरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समुहको सुचक १४ दशमलव २६ अंकले घटेर १५ सय ९७ दशमलव ७१ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ६० दशमलव ९८ अंकले घटेर २७ सय ८५ दशमलव ९२ अंकमा पुगेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि एक सय ५५ दशमलव ५९ अंकले घटेर १२ हजार दुई सय ८८ दशमलव ८३ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि चार सय ३१ दशमलव ८२ अंकले घटेर १३ हजार दुई सय ७१ दशमलव पाँच अंकमा पुगेको छ ।

यसैगरी विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।