नेपाली गीत संगीत क्षेत्रमा एक उदयमान नाम हो, दिपेन्द्र सोनाम। गायक बन्ने सपना बुनेका सोनाम अहिले गीत संगीत तथा मोडलिङ क्षेत्रमा चम्किरहेक छन्। फोटो फिरिममा(child verson),बदमाश,चोखो माया,बदमाश २,तिम्रो साँचो माया जस्ता लगायतका चर्चित गीतहरुमा उनले आवाज दिएका छन्।
साथै सोनाम मोडलिङ क्षेत्रमा पनि उत्तिकै अब्बल तथा सक्रिय रुपमा लागिरहेका छन्। सोनामले नेपालका धेरै मोडेलहरु संग स्क्रीन सेयर तथा धेरै गाएक गायिकाहरु संग आफ्नो सुमधुर स्वर दिइसकेका छन्। सोनाम भन्छन् मेरो नसा नसामा गीत संगीत र मोडलिङ बगिरहेको छ त्यसैले गीत संगीत तथा मोडलिङ छेत्रको उचाईमा पुग्नका लागि जस्तोसुकै परिस्थिति आएपनि अगाडी बडीरहन्छु ।
केहि समय पहिला दीपेन्द्र सोनाम र सोनीका रोकायाको अभिनयमा रहेको बदमाश गीत चर्चामा रह्यो’ लगत्तै गायक मोडल दीपेन्द्र सोनाम’को आवाज र अन्जु पन्तको आवाज दीपेन्द्र र केकी अधिकारीको अभिनयमा रहेको चोखो माया गीतको भिडियोले मोडल गायक दीपेन्द्र सोनामलाई चर्चामा पुर्यायो। त्यसै गरी अहिले गायक मोडल दीपेन्द्र सोनाम थप चर्चामा रहेका छन् । केहि महिना अगाडी सार्वजनिक भएको बदमाश २, हरामी मन त यो हरामी गीतको भिडियो सार्वजनिक भए लगत्तै उनको चर्चा चुलिएको छ । उक्त गीतमा चर्चित मोडल दुर्गेश थापा’ कबिता नेपाली’ दीपेन्द्र सोनाम’ र गरिमा शर्मा’को अभिनय रहेको छ। उक्त गीतको भिडियोमा दीपेन्द्र सोनाम र गरीमाको जोडीलाई दर्शकहरुले औधि रुचाएका छन्।त्यसै गरी गायक मोडल दिपेन्द्र सोनाम’ले चर्चित गायिका मेलिना राई संग गाएको तिम्रो साँचो माया गीत सार्वजनिक भयो र यो गीतले पनि उनलाई थप चर्चामा पुर्यायो । अहिले पनि सोनामका भिडियो तथा गीतहरु बजारमा धेरै आइरहेका छन् ।