बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेमा हरियाली

बिहिबार, चैत्र २४ २०७८

आज नेप्सेमा रौनक देखिएको छ । लगातार घटेको नेप्से साताको अन्तिम कारोबार दिन बिहिबार भने ३५ दशमलव ६६ अंकले बढेर २४ सय ६४ दशमलव ३१ अंकमा पुग्दा सेन्सिटिभ पनि आठ दशमलव १३ अंकले बढेर ४ सय ६३ दशमलव ७३ अंंकमा चढेको छ ।

आज दुई सय २४ वटा कम्पनीहरुको ४२ हजार पाँच सय छ पटकको कारोबारमा ५४ लाख ४४ हजार 7 सय ३८ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम २ अर्ब १२ करोड १५ लाख ११ हजार दुई सय ८० रुपैयाँ पुगेको छ ।  

आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दशमलव २३ अंकले बढेर १६ सय ११ दशमलव ३३ अंकमा चढेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि एक सय नौं दशमलव १३ अंकले बढेर ११ हजार चार सय ४४ दशमलव ४२ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुुई सय ५८ दशमलव ५६ अंकले बढेर १३ हजार छ सय ९९ दशमलव सात अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युत, फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नविल बैंक परेको छ ।