काठमाडौँ l नेप्से आज बुधबार पनि घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज पुन २३ दशमलव ३२ अंकले घटेर २४ सय २८ दशमलव ७५ अंकमा झर्दा सेन्सिटिभ पनि दुई दशमलव २८ अंकले घटेर चार सय ५५ दशमलव ९४ अंकमा झरेको छ ।
आज दुई सय २६ वटा कम्पनीहरुको ३८ हजार एक सय ७८ पटकको कारोबारमा ४३ लाख ७२ हजार एक सय ७१ कित्ता सेयर किनबेच भएका छन भने कारोबार रकम एक अर्ब ९९ करोड २९ लाख ७१ हजार सात सय ६४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् ।
ति मध्ये वाणिज्य बैंक समुहको सुचक १७ दशमलव सात अंकले घटेर १५ सय ९४ दशमलव २६ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ३३ दशमलव ६४ अंकले घटेर २८ सय १५ दशमलव ९० अंकमा पुगेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि एक सय ८६ दशमलव ८१ अंकले घटेर ११ हजार तीन सय ४० दशमलव २७ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि एक सय दशमलव चार अंकले घटेर १३ हजार चार सय १० दशमलव ८३ अंकमा पुगेको छ ।
यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडिङ, उत्पादनमुलक, लघुवित्त र लगानी समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इर्मर्जिङ नेपाल लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।