बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा पुन पहिरो

बिहिबार, चैत्र १७ २०७८

काठमाडौँ। नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार २३ दशमलव ९५ अंकले घटेर २५ सय ४४ दशमलव ३० अंकमा पुगेको छ भने सेन्सिटिभ चार दशमलव छ अंकले घटेर चार सय ७५ दशमलव ४७ अंकमा पुगेको छ । 

आज दुई सय २८ वटा कम्पनीहरुको ३७ हजार चार सय २९ वटा कम्पनीहरुको ३७ लाख ८७ हजार ४५ कित्ता सेयर किनबेच भएका छन् भने कुुल कारोबार रकम एक अर्ब ८९ करोड एक लाख ६४ हजार छ सय ८६ रुपैयाँ पुगेको छ ।  

आज १३ वटा समुहको कारोबार हुंदा टे«डिङ समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । 

ति मध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव ३६ अंकले घटेर १६ सय ४२ दशमलव ६६ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि ५६ दशमलव तीन अंकले घटेर २९ सय ७१ दशमलव १९ अंकमा पुगेको छ । 

निर्जिवन बीमा समुहको सुचक पनि ३७ दशमलव तीन अंकले घटेर १२ हजार दुई सय ४६ दशमलव पाँच अंकमा पुग्दा विकास बैंक, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुुचीमा पहिलो स्थानमा इर्मर्जिङ नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा इर्मर्जिङ नेपाल लिमिटेड परेको छ ।