काठमाडौँ l साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से घटेको छ । नेप्से आज २९ दशमलव ९८ अंकले घटेर २५ सय ४२ दशमलव २८ अंकमा झर्दा सेन्सिटिभ पनि पाँच दशमलव दुई अंकले घटेर चार सय ७४ दशमलव ३७ अंकमा झरेको छ ।
दुई सय ३१ वटा कम्पनीहरुको ४२ हजार सात सय १२ पटकको कारोबारमा ३९ लाख ५८ हजार नौ सय १४ कित्ता सेयर किनबेच हुंदा आज कारोबार रकम दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार आठ सय १४ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ६३ अंकले घटेर १६ सय ५० दशमलव ५५ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि २४ दशमलव तीन अंकले घटेर २९ सय ६९ दशमलव २२ अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि ४९ दशमलव पाँच अंकले घटेर दुई हजार ३३ दशमलव २६ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ५२ दशमलव ४९ अंकले घटेर १२ हजार एक सय ६८ दशमलव ८४ अंकमा पुगेको छ ।
यि बाहेक बिकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेर रातै भएका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राष्ट्र उत्थान लघुवित्त बिवत्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईसीएफसी फाईनान्स परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने जीवन बिकास लघुवित्त वित्तीय संस्था परेको छ ।