दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए
काठमाडौँ l नेप्से आज पनि घटेको छ । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से १६ दशमलव ६९ अंकले घटेर २६ सय १३ दशमलव ६७ अंकमा पुग्दा सेन्सिटिभ पनि छ दशमलव ६७ अंकले घटेर चार सय ८८ दशमलव ९४ अंकमा झरेको छ ।
दुई सय २४ वटा कम्पनीहरुको ४५ हजार ७६ पटकको कारोबारमा ५२ लाख ९८ हजार पाँच सय ४३ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम तीन अर्ब २४ करोड ४८ लाअख ४३ हजार आठ सय २५ रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोबार हुंदा निर्जिवन बीमा र जीवन बीमा समुहको सुचक बढेका छन् । वाणिज्य बैंक समुहको सुचक भने आज १३ दशमलव ८६ अंकले घटेर १६ सय ७९ दशमलव २३ अंकमा झरेकोमा जलविद्युत समुहको सुचक पनि ३१ दशमलव ७७ अंकले घटेर तीन हजार ६९ दशमलव ७७ अंकमा झरेको छ ।
यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज जीवन विकास लघुवित्त वित्तीय संस्था परेको छ ।