बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

टाटाको टिफर एसके१६१६बीएस झापामा पनि लञ्च

शुक्रबार, चैत्र ४ २०७८

झापा। ठूला सवारी निर्माणमा नामी भारतीय टाटा मोटर्स कम्पनीले उत्पादन गरेको एसके१६१६बिएस फोर टिफर झापामा पनि सार्वजनिक गरिएको छ।

एक समारोह गरी झापाको दमकमा उक्त टिफर सार्वजनिक गरिएको हो। यसअघि इटहरीमा गरिएको थियो।

टाटा मोटर्स कम्पनीका आधाकारिक बिक्रेता सिप्रदी टेड्रिङ प्रालिको मेची अञ्चलस्तरीय बिर्तामोड धाइजन शाखाले दमकमा सो टिफरलाई सार्वजनिक गरेको हो।

275092833_969283723791155_5422751636871678007_n.jpg

सिप्रदी टेड्रिङ प्रालि इटहरी शाखा कार्यालयका सिनियर शेल्स मेनेजर ओम पाण्डेले टाटा मोटर्सले उत्पादन गरेको नयाँ टिफर नेपाली सडकअनुसार चल्न सक्ने बताए। नयाँ टिफरको बिशेषता भनेकै पिकअप माइलोस बढी भएको र यो टिफरको मेशिन बातबरणमैत्री र प्रदुषणमुक्त भएको पाण्डेले जानकारी दिए।

सिप्रदी टेड्रिङ प्रालि मेची अञ्चलस्तरीय शाखा कार्यालय धाइजनका बजार अधिकृत दिपेश गुरागाईले एसके १६१६ बिएस फोर टिफरमा १ सय ५६ हर्च पावर इन्जिन जडान भएको बताए।