बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बेष्ट फाइनान्सले बोलायो साधारण सभा, के छ एजेण्डा ?

बुधबार, चैत्र २ २०७८

काठमाडौँ l वेष्ट फाइनान्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रवार हुने भएको छ ।

कम्पनीले सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १२ः३० बजे शुरु हुने जानकारी दिएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखारिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ।

त्यसैगरी सभाले कम्पनीले भविष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका फागुन २० गते बन्द गरिसकेको छ । यस आधारमा फागुन १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।