काठमाडौँ । नेप्से सुचक तथा कारोबार दुबै घटेका छन् । साताको चौथो कारोबार दिन आज बुधबार नेप्से १९ दशमलव ६५ अंकले घटेर २६ सय ३१ दशमलव ३२ अंकमा झर्दा सेन्सिटिभ पनि पाँच दशमलव २२ अंकले घटेर चार सय ९७ दशमलव ३७ अंकमा झरेको छ ।
दुई सय ३१ वटा कम्पनीहरुको ३७ हजार ३२ पटकको कारोबारमा ४९ लाख ६७ हजार चार सय ७१ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम दुई अर्ब ५७ करोड चार लाख एक हजार एक सय १८ रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोबार हुंदा तीन वटा समुहले कमाएका छन् भने १० वटा समुहले गुमाएका छन् । ति मध्ये निर्जिवन बीमा समुहको सुचक ७७ दशमलव २३ अंकले बढेर १२ हजार एक सय ८३ दशमलव ४६ अंकमा पुग्दा होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेको छ ।
वाणिज्य बैंक समुहको सुचक भने ११ दशमलव ९४ अंकले घटेर १६ सय ९७ दशमलव ३९ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, फाईनान्स, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इर्मजिङ नेपाल हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनाईटेड इदी मर्दी आरबी हाईड्रो पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम परेको छ ।